नारी दिवसमा पञ्चकन्या ग्रुपले गर्यो शुभकामना आदान-प्रदान कार्यक्रम

,   २५ फाल्गुन २०७६, आईतवार, ०१:३६ pm   

काठमाडौँ । पञ्चकन्या समूहले अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा एक आपसमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

सो कार्यक्रममा पञ्चकन्या ग्रुपका उपाध्यक्ष ध्रुबकुमार श्रेष्ठ, प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ, निर्देशक नितिशा श्रेष्ठ तथा कर्मचारीहरुको उपस्थिति थियो ।

शुक्रबार सम्पन्न उक्त कार्यक्रममा सबै वक्ताहरुले नारीको महत्वबारे मन्तव्य दिएका थिए । कार्यक्रममा ग्रुपमा कार्यरत महिलाहरुको उत्साह अभिवृद्धि गर्न विभिन्न उपहारहरु प्रदान गरिएको थियो ।

aecc