कुमार पन्त भन्छन्– नेपाल संवृद्ध बनाउन हामीले १० अर्ब भित्राउन लाग्याछौं

Advertisement

लन्डन । गैरआवासीय नेपाली संघ (एनआएनए)का अध्यक्ष कुमार पन्तले विदेशमा बस्ने नेपालीहरुले देशको समृद्धि हेर्न चाहेको भन्दै आफूहरुले १० अर्ब रुपियाँ भित्राउन लागेको बताएका छन् ।

लामो समयदेखि अर्बौं रुपियाँ भित्राउने गैरआवासीय नेपालीका अगुवाहरुले बताउँदै आए पनि त्यो खालको लगानी भने भित्रिन सकेको छैन् । पन्तले गैरआवासीय नेपाली संघ बेलायतको १५औं बार्षिकोत्सवमा १० अर्ब रुपियाँ भित्राउन लागेको दोहोर्याएका हुन् । उनले गएको बिहीबार साँझ उक्त कार्यक्रममा सो कुरा बताएका हुन् ।

गैरआवासीय नेपालीहरुको सक्रियतामा छिट्टै १० अर्बको लगानी नेपाल भित्रिने छ भन्दै पन्तले नेपालको संवृद्धिका लागि आफूहरुले सक्दो भूमिका खेल्ने बताए । आफूले नेतृत्व लिँदा संघभित्र चुनौतिका पहाड छेडेर अगाडी बढ्नुपर्ने बाध्यता रहेको भन्दै उनले गैरआवासीय नेपालीहरुको लगानीमा बालुवाटारमा किनेको जग्गामा दलालले संघलाई फसाएको बताए ।

भूकम्प पीडितको लागि गोर्खाको लाप्राकमा बन्दै गरेको नमूना बस्तीको काम अन्तिम चरणमा पुगेको पन्तले जानकारी दिए । उनले विदेशमा बस्ने नेपालीहरुको लागि गैरआवासीय नेपाली नागरिकता बन्ने निश्चित भएको बताए । अहिले गैरआवासीय नेपालीसम्बन्धी नागरिकताको बिषय संसदीय समितिमा रहेको र त्यो अनुमोदन भएपछि नागरिकता पाउने निश्चित छ रहेको उनको भनाई छ ।

संघका महासचिव हेमराज शर्माले संघलाई अब स्मार्ट एनआरएनको रुपमा विस्तार गरिने जानकारी दिए । उनले संघभित्र आर्थिक, भौतिक तथा संगठनात्मक सुधारका कामको थालनी गरिएको बताए ।

गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष पुनम गुरुङ, 

कार्यक्रम संयोजक रामशरण सिम्खडा, गैरआवासीय नेपाली संघ बेलायतका पूर्वमहासचिव भक्त गुरुङले भातृभूमिका लागि केही गरौं भन्ने भावनाले उत्प्रेरित भएर संघ स्थापना भएको भन्दै संघ कुनै धार्मिक तथा राजनीतिक संस्था नभएको बताए ।

Advertisement

Advertisement

Advertisement