एकीकृत राप्रपाको अध्यक्ष कमल, पशुपति, प्रकाशलाई होइन्, राजेन्द्र लिङदेनलाई बनाउन सुझाव

Advertisement

काठमाडौं । आफूहरुलाई ‘राष्ट्रवादी’ भन्न रुचारुने दुई राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी) एक भए पनि यसको नेतृत्वप्रति भने जनताले अविश्वास र आशंका गर्न थालेका छन् । पटक पटक आफ्नो रुप परिवर्तन गर्ने गरेको भन्दै उनीहरुले आफूहरुले नेतृत्व गर्न नहुने भन्दै राजसंस्था पक्षधरहरुले राजेन्द्र लिङदेन वा अन्य निष्कलङ्क व्यक्तिलाई अध्यक्ष बनाउन सामाजिक सञ्जालमा सुझाव दिइरहेका छन् ।

पछिल्लो समयमा राष्ट्रिय एकताका लागि आलंकारिक राजसंस्था आवश्यक रहेको भन्दै माहौल बन्दै गएको बेला आफूहरुलाई राजसंस्था र हिन्दुराज्य पक्षधर भन्न रुचारुने दुई राप्रपा शनिबार एक भएका थिए । एकीकृत राप्रपाको नेतृत्वमा कमल थापा, पशुपतिशम्शेर राणा, प्रकाशचन्द्र लोहनी छन् । तर तिनै जनाप्रति स्वयम राजसंस्था र हिन्दुराज्य पक्षधरहरु नै असन्तुष्ट देखिन्छन् ।

उनीहरुले कमल, पशुपति र प्रकाश राष्ट्रवादी नेता नभई अवसरवादी र विदेशीको इशारामा काम गर्ने व्यक्ति भएको भन्दै उनीहरुको सट्टा लिङ्देनलाई अध्यक्ष बनाउँदा राम्रो हुने बताउँदै आएका छन् । संसदमा राप्रपाबाट निर्वाचित एक मात्रै नेता लिङदेनले नेपालमा हिन्दु राज्य र संवैधानिक राजसंस्थाको पक्षमा लामो समयदेखि अडान राख्दै आएका छन् ।

चुनाव चिन्हको विषयमा लामो समयदेखि विवाद गर्दै आएका दुई राप्रपालाई एकीकृत गर्ने क्रममा हिन्दुवादी संस्था तथा राजसंस्था पक्षधर व्यक्तिहरुलाई सामेल गराए पनि कमल थापा, पशुपतिशम्शेर राणा, प्रकाशचन्द्र लोहनीको दोधारे चरित्र, शंकास्पद गतिविधि, स्वार्थी चरित्रका कारण उनीहरुलाई अहिले नै विश्वास गर्न नसकिने धेरैको प्रतिक्रिया छ ।

लामो समयदेखि मिल्दै टुक्रिँदै गरेकोे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र यसका हाँगाहरू राजसंस्थाका लागि अन्तिम लडाइँका लागि एकीकृत भएको दावी भने गरेका छन् । कतिपय बुद्धिजीवीहरुले नेपालको राष्ट्रिय एकता, विदेशी चलखेल न्यूनीकरण, भ्रष्टाचार न्यूनीकरणका लागि पनि संवैधानिक राजसंस्था जरुरी रहेको विचार राख्ने गरेका छन् ।

Advertisement

Advertisement

Advertisement