यूएईमा दुई नेपालीमा कोरोना देखियो

Advertisement

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा दुई नेपालीमा कोरोना (कोभिड–१९) पुष्टि भएको छ । सोमबार कोरोना पोजेटिभ देखिएका १४ नयाँ केसमा दुई नेपाली रहेको युएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपाली राजदूत कृष्णप्रसाद ढकालले पनि दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको जनाएका छन् । ‘हामी युएई सरकारसँग सम्पर्कमा छौँ । दुई नेपालीलाई कोरोना पुष्टि भएको खबर पाएका छौँ । थप सूचना लिन प्रयत्नशील छौँ,’ ढकालले टेलिफोनमा भने । युएईले नेपाललाई औपचारिक जानकारी भने दिएको छैन ।

सोमबार कोरोना पुष्टि हुने अन्यमा युएईकै चार, इटालीका तीन, बंगलादेशका दुई तथा रसिया, भारत र सिरियाका एक–एक नागरिक छन् । आइतबार अस्ट्रेलियामा पनि एक नेपालीमा कोरोना पोजेटिभ देखिएको थियो । हाल उनको स्वास्थ्यमा सुधार भएको जानकारी आएको अस्ट्रेलियास्थित नेपाली दूतावासका उपनियोग प्रमुख दुर्पदा सापकोटाले बताइन् । संक्रमित व्यक्तिले आफ्नो व्यक्तिगत विवरण सार्वजनिक नगरिदिन आग्रह गरेको पनि उनले बताइन् ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement