आजपनि २ सय रुपियाँ बढ्यो सुनको भाउ, प्रतितोला ८२ हजार ७०० मा कारोबार

Advertisement

काठमाडौँ । सुनचाँदीको भाउ दिनदिनै उकालो लागेको छ । यसैक्रममा आज पनि छापावाल सुनको भाउ अघिल्लो दिनको तुलनामा २ सय रुपियाँले बटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ प्रतितोला २०० रुपैयाँ बढेर ८२ हजार ७०० रुपैयाँ पुगेको हो । शुक्रबार प्रतितोला ८२ हजार ५०० रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य त्यसपछि भने स्थिर रहेको थियो ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ८२ जहार ४ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला ८८० रुपियाँमा निर्धारण गरिएको छ ।

Advertisement

Advertisement

Advertisement