प्राइमलाइफ इन्स्योरेन्सद्वारा शेयरधनीहरुलाई १२.५ प्रतिशत लाभांश दिने घोषणा

Advertisement

काठमाडौँ । प्राइमलाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुका लागि १२.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आव २०७४/७५ सम्मको नाफा र हाल कायम चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ करोड ३२ लाख १० हजार १ सय २८ रुपियाँ नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

कम्पनी सचिव राजनप्रसाद अधिकारीका अनुसार कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब ७९ लाख ३९ हजार ३ सय ७५ रुपियाँ रहेको छ ।

उक्त चुक्ता पूँजीको १२.५ प्रतिशतका दरले हुन आउने २५ करोड ९ लाख ९२ हजार ४ सय २२ रुपियाँ बराबरको बोनस शेयर प्रस्ताव गरेको गर्ने निर्णय गरेको हो ।

बीमा समितिबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि लाभांश वितरणल हुने कम्पनी सचिव अधिकारीले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement