औषधि व्यवसायी नै भन्छन्– पर्याप्त स्टक हुँदाहुँदै कालोबजारी भयो, नियन्त्रण गरियोस्

Advertisement

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेको मौका छोपेर आषधिको कारोबजारी भइरहेको भन्दै व्यवसायीले यसलाई नियन्त्रण गर्न सरकारलाई सुझाव दिएका छन् । औषधि अभाव हुने भ्रम फैलाएर महिनौंका लागि औषधि स्टक गर्ने र बजारमा कृतिम अभाव सिर्जना गर्ने काम भइरहेको भन्दै यसलाई नियन्त्रण गरी ओषधिको सही वितरण सरकारलाई सुझाव दिएका छन् ।

सरकारले औषधि एवं अत्यावश्यक वस्तुको सहज आपूर्तिका बारेमा सरोकारवालासँग मंगलबार गरेको छलफलमा व्यवसायीहरुले औषधिमा कालोबजारी भइरहेकोले स्वीकार गरेका हुन् । औषधि उत्पादकहरुले औषधि पर्याप्त स्टक हुँदाहुँदै औषधि व्यवसायीहरुले यसको कृतिम अभाव सिर्जना गरेको बताएका छन् । तर व्यवसायी स्वयमले पनि कालोबजारी भइरहेको स्वीकार गर्दै नियन्त्रणका लागि सरकारसँग आग्रह गरेका छन् ।

नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्र श्रेष्ठले औषधिको अभाव हुने भ्रम फैलाएर कालोबजारी हुँदैछ भन्दै केही व्यवसायीले सोही बहानामा ३–४ महिनाका लागि औषधि खरिद गरेको देखिएको बताए । उनले पाँच महिनाका लागि पुग्ने औषधि रहेको भन्दै चिन्ता लिनुपर्ने अवस्था नरहेको बताए ।

श्रेष्ठले विश्व स्वास्थ्य संगठनले नेपालमा जुनसुकै बेला कोरोना भाइरस देखिनसक्ने भन्दै चेतावनी दिइरहेको बेला हामीहरु सचेत हुनु जरुरी छ भन्दै भारतले पनि नेपालमा औषधिको मौज्दात के छ ? भनेर सोधेको बताए । औषधि एवं अत्यावश्यक वस्तुको सहज आपूर्तिका विषयमा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक रहेका उपप्रधानमन्‍त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकमा निजी क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिषकुमार मोरलगायतका व्यवसायीले बोलेका थिए ।

Advertisement

Advertisement

Advertisement