साउण्डलाइन्स म्यानपावरमा बैदेशिक रोजगार विभागको छापा, नगद सहित समातिए कर्मचारी

Advertisement

काठमाडौँ । वैदेशिक रोजगारमा पठाउने भन्दै चर्को रकम अशुली गर्ने ललितपुरको महालक्ष्मीस्थान चोकमा रहेको साउण्डलाइन्स रिक्रुटमेण्ट म्यानपावरमा बैदेशिक रोजगार बिभागले मंगलबार छापा मारेको छ ।

बहराइनमा कुक पदमा ४५ हजार तलब पाउने बिज्ञापन देखेपछि बैतडीका केशवदत्त जोशीले साउण्डलाइन्स रिक्रुटमेण्ट प्रालिमा आवेदन दिएका थिए । विज्ञापनमा हवाई टिकट र लागत सबै रोजगारदाता कम्पनीले बेहोर्ने कुरा उल्लेख गरिएको भए पनि म्यानपावरका कर्मचारीले ७५ हजार मागेपछि पिडित जोशीले म्यानपावर विरुद्ध वैदेशिक रोजगार बिभागमा उजुरी दिएका थिए ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहाललाई सिधा सम्पर्क गरेर जोशीले आफूलाई म्यानपावरले चर्को लागत रकम माग गरेको भन्दै गुनासो गरेका थिए ।

विभागका अधिकृत तीर्थराज कट्टेलको साथमा म्यानपावर पुगेर छापा हानेको महानिर्देशक दाहालले बताए । जोशीले म्यानपावरमा पुगेर कर्मचारी विकेश प्रजापतिलाई ३० हजार रुपैयाँ बुझाएका थिए । लगत्तै वैदेशिक रोजगार विभागको टोलीले नगदसहित म्यानपावरका कर्मचारी प्रजापतिलाई पैसा सहित समात्न सफल भएको जनाइएको छ । विभागले म्यानपावर संचालकलाई आज विभागमा आउन पत्र काटेको छ ।

Advertisement

Advertisement

Advertisement