सुनको मूल्य प्रतितोला ४ सय रुपियाँ घट्यो, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौँ । केही दिनदेखि बढिरहेको सुनको मूल्य आज प्रतितोला ४ सय रुपियाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ८२ हजार ३ सय रुपियाँ तोकिएको छ । मंगलबार भने छापावाल सुन प्रतितोला ८२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ८२ हजार रुपैयाँमा र चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा बिक्री भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement