नेपाललाई फकाउने चीनको कुटनीति, कोरोनाविरुद्धको लडाईंमा साथ दिएको भन्दै प्रसंशा

Advertisement

काठमाडौँ । चीनले कोरोनाविरुद्धको लगाईंमा सहयोग गरेको भन्दै नेपालको प्रसंशा गरेको छ । नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई फोन गर्दै चिनियाँ विदेशीमन्त्रीले नेपाललाई धन्यवाद दिएका हुन् ।

विदेशमन्त्री वाङ यीले मंगलबार ज्ञवालीलाई फोन गरेका हुन् । उनले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि नेपालले चालेको कदमको प्रशंसा गर्दै कोभिड–१९ विरुद्धको लडाइँमा चीनसँग ऐक्यबद्धता जनाएकोमा धन्यवाद दिएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् ।

पछिल्ला दिनमा चीनविरुद्ध अमेरिकी सुरक्षा रणनीतिको रुपमा एमसीसी परियोजनामार्फत ठूलो रकम अनुदान दिन लागिएको भन्दै नेपालभित्र चर्को विरोध भइरहेको छ । उक्त अनुदानप्रति चिनियाँहरुले निकै चासोका साथ हेरिरहेको विश्लेषकहरुले बताइरहेका छन् ।

Advertisement

Advertisement

Advertisement