कोरोना नियन्त्रणका लागि विश्व बैंकले नेपाललाई रु. तीन अर्ब ४५ करोड अनुदान दिने

Advertisement

काठमाडौं । विश्व बैंकले नोभेल कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि नेपाललाई झण्डै तीन अर्ब ४५ कुरोड १२ लाख रुपियाँ (२९ मिलियन अमेरिकी डलर) अनुदान दिने भएको छ । कोरोना प्रभावित मुलुकहरुमा कोरोना रोकथामका लागि घोषणा गरिएको १२ अर्ब अमेरिकी डलरमध्येबाट नेपाललाई पनि अनुदान दिन लागिएको हो ।

यो रकम कोरोनाबारे सचेतना जगाउन, रोकथाम गर्न र पूर्वतयारीका लागि खर्च गर्नुपर्नेछ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको बढि जोखिम क्षेत्रको रुपमा राखे पनि औपचारिकरुपमा नेपालभित्र भने यसको संक्रमण भने देखिएको छैन् ।

अनुदान रकम खर्च के कुरामा प्राथमिकता दिने ? विषयमा विश्व बैंक र अर्थ मन्त्रालयका अधिकारीहरुबीच मंगलबार अर्थ मन्त्रालयमा छलफल भएको थियो । चीनबाट सुरु भएको कोरोना भाइरसको असर अहिले विश्वका सय मुलुकमा देखिसकिएको छ । कोरोना ठूलो चुनौतिको रुपमा देखिएपछि विश्व बैंकले यससँग जुध्न भन्दै १२ अर्ब डलरको योजना अघि सारेको हो ।

Advertisement

Advertisement

Advertisement