म्यानहन्ट इन्टरनेशनलमा विवेश श्रेष्ठले जिते मिस्टर पर्सनालिटीको उपाधि

Advertisement

काठमाडौँ । प्रोस्टाइल म्यानहन्ट इन्टरनेशनल नेपाल २०१९ का विजेता विवेश श्रेष्ठले फिलिपिन्समा आयोजित म्यानहन्ट इन्टरनेशनलको २९ औ संस्करणमा मिस्टर पर्सनालिटीको प्रतिष्ठित उपाधि जितेका छन् ।

डाबर नेपालको कर्पोरेट कार्यालयमा आयोजित एक समारोहका बीचमा डाबर नेपालका सेल्स तथा मार्केटिङ्ग प्रमुख उपेन्द्र प्रधान र मार्केटिङ्ग प्रमुख अभय गोर्खालीले श्रेष्ठलाई उनको विशेष उपलब्धीका लागि बधाई दिनुका साथै सम्मान प्रदान गरे । सोही कार्यक्रममा डाबर नेपालले श्रेष्ठलाई आफ्नो ब्रान्ड प्रोस्टाइलको ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गरेर एमओयुमा हस्ताक्षर गरेका छन् ।

श्रेष्ठले प्रतियोगिताको अनुभवहरु सुनाउँदै आफूले ३५ देशका प्रतियोगीहरु मध्ये यो उपाधि जित्दा आफुलाई गर्व महसुस भएको कुरा बताए ।
उनले आफूलाई यस यात्रामा साथदिने सबै जनामा कृतज्ञता ज्ञापन गरेका छन् । यसका साथै डाबर नेपाललाई निरन्तर साथ र अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने मौका प्रदान गरेकोमा आभार प्रकट गरेका छन् ।

विगत ६ वर्षदेखि डाबर नेपालको पुरुष लक्षित ब्रान्ड प्रोस्टाइल र ग्रुप अफ इभेन्ट इन्टरटेनर्सले संयुक्त रुपमा प्रोस्टाइल म्यानहन्ट इन्टरनेशनल नेपाल सञ्चालन गर्दै आएका छन् । यस वर्षको म्यानहन्ट इन्टरनेशनल नेपालको सातौँ संस्करणमा पनि प्रोस्टाइलले ग्रुप अफ इभेन्ट इन्टरटेनर्ससंग संयुक्त रुपमा सञ्चालन गर्न लागेको छ । यस कार्यक्रमको फिनाले १२ चैत्र गते हुँदैछ ।

Advertisement

Advertisement

Advertisement