सनराइज बैंकका ग्राहकले देशविदेशबाट पठाएको पैसा जीएमई रेमिट्यान्सबाट पाइने

Advertisement

काठमाडौँ । सनराइज बैंक र जीएमई रेमिट्यान्सबीच रेमिट्यान्स सुविधा प्रदान गर्ने बारेमा सम्झौता भएको छ ।

सम्झौता पत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र जीएमई रेमिट्यान्सका प्रबन्ध निर्देशक दिवाकर पौड्यालले हस्ताक्षर गरे ।

उक्त सम्झौता अनुसार सन्राइन बैंकका स्वदेश तथा विदेशमा रहेका ग्राहकहरुले सन्राइज रेमिट मार्फत पठाएको रकम जीएमई रेमिट्यान्सका नेपाल भर रहेका ८००० भन्दा बढी एजेन्टबाट छिटो, छरितो तरिकाले पाउने भएका छन् ।

सम्पूर्ण ग्राहकले सनराइज रेमिट मार्फत सुरक्षित तरिकाले आफ्नो खातामा रकम पनि पठाउन सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement