सुनको मूल्य प्रतितोला ८ सय रुपियाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

Advertisement

काठमाडौँ । हिजो अघिल्लो दिनको तुलनामा प्रतितोता ४ सय रुपियाँ घटेको छापावाल सुनको मूल्य आज पुनः प्रतितोला ८ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ८२ हजार ७ सय रुपियाँमा कारोबार भएकोमा हिजो ४ सय रुपियाँले घटेर ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज पुनः प्रतितोला ८ सय रुपियाँले घटेर ८१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ८१ हजार २ सय रुपियाँ र चाँदी तोलामा २० रुपैयाँ घटेर प्रतितोला ८ सय ६० मा कारोबार भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement