सेयर बजारमा उच्च गिरावट, १८२ कम्पनीको कारोबारमा नौ वटा मात्रै नाफामा

Advertisement

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा पुनः भारी गिरावट भएको छ । बुधबार उत्साहजनक सुधार देखिएको बजारमा आज उच्च दरले गिरावट भएको छ । आज सेयर बजार परिसुचक नेप्से ४५ दशमलव ९१ अंकले घटेर एक हजार ३७७ कायम भएको छ ।

आज दुई अर्ब २० करोड रुपियाँको सेयर किनबेच भयो । जसमा सबैभन्दा धेरै बाणिज्य बैंक समूहको ९१ करोड कारोबार भयो भने कम्पनीतर्फ धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्सको अग्रता कायम रह्यो । यो कम्पनीको सेयर १९ करोड ८२ लाख रुपियाँको कारोबार भयो ।

समूहगत कारोबारतर्फ बाणिज्य बैंक समूहको सुचक तीन दशमलव २३ अंकले घटेको छ । आज कुनै पनि समूहमा सुधार आउन सकेन् । होटल र निर्जीवन बीमा समूहको सुचक पाँच प्रतिशतभन्दा बढिले घटेका छन् । जलविद्युत र लघुवित्तका सुचकहरुको गिरावट पनि तीन प्रतिशतभन्दा माथि छ ।

आज कुल १८२ कम्पनीको कारोबार भएकोमा नाफा गर्ने कम्पनीको संख्या जम्मा नौ वटा छ । बाँकी कम्पनीका लगानीकर्ताले गुमाएका छन् । स्वाभिमान लघुवित्तको सेयरमा नेगेटिभ सर्किट लागेको छ । नाफा गरेका केही कम्पनीको नाफा पनि नगन्य छ ।

Advertisement

Advertisement

Advertisement