बलात्कार आरोपमा पक्राउ गरेका साँसद हिरासतमा हुनुपर्नेमा एसपीको कार्यकक्षमा होली खेल्दै

Advertisement

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका सत्तारुढ दलका प्रदेश साँसद प्रहरीको हिरासतमा हुनुपर्नेमा होली मनाउन नेपाल प्रहरीका एसपी (प्रहरी उपरीक्षक)को कार्यकक्षमा होली मनाइरहेको तस्वीर सार्वजनिक भएको छ ।

बलात्कारको आरोपमा कैलाली प्रहरीले नेकपाको सचेतकसमेत रहेका प्रदेश सभा सदस्य अक्कल रावललाई फागुन २१ गते प्रक्राउ गरेको थियो । हिरासतभित्र हुनुपर्ने व्यक्तिलाई एसी सुदीप गिरिले आफ्नै कार्यकक्षमा बोलाएर नेकपाकी नेतृहरुसमेत सहभागी गराई होली खेलाएको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

तस्वीरमा अखिल नेपाल महिला संघसम्वद्ध नेतृहरु तस्वीरमा देखिन्छन् । पहिलो कुरा प्रहरी कार्यालयभित्र होली मनाउन आफैमा मिल्दैन । दोस्रो कुरा बलात्कार आरोपित र राजनीति दलका नेता कार्यकर्तालाई कार्यकक्षमा बोलाएर होली खेलाउने कुरा गैरकानुनी र असभ्य शैली भएको भन्दै सामाजिक सञ्जालका पाठकहरुले आलोचना गरेका छन् ।

रावलले आफ्नो कोठामा आएर रावलले बलात्कार प्रयास गरेको भन्दै धनगढी उपमहानगरपालिका ४ मा डेरा गरी बस्दै आएकी एक महिलाले फागुन १४ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा उनी पक्राउ परेका थिए । प्रहरीले जिल्ला अदालतबाट दुई पटक म्याद थपेर रावलमाथि अनुसन्धान गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement