पर्यटक भिसा रोक्ने सरकारको निर्णय, भारत तर्फका अधिकांश नाका सिल गरिने

Advertisement

काठमाडौं । सरकारले विदेशी पर्यटकलाई भिसा नदिने निर्णय गरेको छ । कोरोना भाइरसको सम्भावित जोखिम गर्दै रक्षा मन्त्री इश्वर पोखरेल नेतृत्वको उच्चस्तरिय समन्वय समितिको बैठकलाई नेपालमा विदेशीलाई प्रवेश नदिने निर्णय गरेको हो ।

विश्व स्वास्थ्य संगठनले बिहिबारदेखि नै कोरोना भाइरसको संक्रमणलाई महामारीका रुपमा घोषणा गरेपछि नेपालले पनि अब कुनै पनि विदेशी नागरिकलाई पर्यटक भिसा नदिने निर्णय गरेको हो ।

सरकारले यस अघि नै ८ देशका नागरिकलाई अन अराइभल भिसा नदिने निर्णय गरेको थियो ।
यसैबीच सरकारले भारत तर्फका अधिकांश नाकामा सिल गर्ने निर्णय पनि गरेको छ । रणनीतिक महत्वका केहि नाका मात्रै खोल्ने र त्यहाँ चेकजाँचको कडा व्यवस्था गर्ने निर्णय सरकारले गरेको हो ।

कोरोना भाइरसको संक्रमण बढेपछि अमेरिकाले बेलायत बाहेक सबै देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाईसकेको छ । भारतले पनि १५ अप्रिलसम्मका लागि कुनै पनि देशका नागरिकलाई भिसा नदिने निर्णय गरिसकेको छ ।

Advertisement

Advertisement

Advertisement