इञ्जिनियरिङ क्याम्पसका उत्कृष्ट विधार्थीलाई जगदम्बा स्टिल्सले दियो ५१ हजार पुरस्कार

Advertisement

काठमाडौँ । शंकर ग्रुप अन्तरगतको जगदम्बा स्टिल्स् कम्पनीले इञ्जिनियरिङ अध्ययन संस्थान थापाथली क्याम्पसद्वारा सञ्चालित परीक्षामा प्रथम हुने विधार्थीलाई पुरस्कार प्रदान गरेको छ ।

जगदम्बा स्टिल्सका पदम प्रसाईले २०७३ सालमा इञ्जिनियरिङ अध्ययन संस्थानद्वारा सञ्चालित परीक्षामा क्याम्पस प्रथम भए बापत आयुषा खनाललाई ५१ हजारको चेक प्रदान गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्राडा धर्मकान्त बास्कोटाको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । शंकर ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत शैक्षिक क्षेत्रमा सकारात्मक योगदान दिने उद्देश्यले यस्ता कार्यक्रम गर्दै जाने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement