नेपाल पुनर्बीमा कम्पनीले माग्यो २२ जना कर्मचारी, नायब महाप्रबन्धकदेखि बरिष्ठ सहायकसम्म

Advertisement

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले विभिन्न नायब महाप्रबन्धकदेखि बरिष्ठ सहायक(१० तहदेखि ५ तह)सम्म २२ जना कर्मचारी माग गरेको छ । लोकसेवा आयोगबाट फागुन २२ गते प्राप्त सहमति अनुसार खुल्ला, समावेशी तथा आन्तरिक प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्नु पर्ने भएकोले भएकाले कर्मचारी माग गरेको आज प्रकाशित सूचनामा उल्लेख छ ।

प्रशासनतर्फ दशौँ तह नायब महाप्रबन्धक १ जना (खुल्ला), १ जना (महिला), नबौँ तह प्रबन्धक १ जना (खुल्ला), १ जना (महिला), आठौँ तह सहप्रबन्धक ३ जना (खुल्ला), १ जना (महिला), १ जना(आदिवासी जनजाती), सातौँ तह उपप्रबन्धक १ जना (खुल्ला), १ जना (महिला), छैठौँ तह सहायक प्रबन्धक १ जना(आन्तरिक प्रतियोगिता), ४ जना (खुल्ला), १ जना (महिला), १ जना (आदिवासी जनजाति), १ जना(मधेसी), १ जना(दलित), पाँचौँ तह वरिष्ठ सहायक १ जना (खुल्ला) र १ जना (महिला) गरी २२ जना कर्मचारी माग गरेको हो ।

दरखास्त फारम कम्पनीको कार्यालयको प्रशासन शाखाबाट वा वेवसाइटबाट प्राप्त गर्न सकिने छ । दरखास्त कम्पनीको कार्यालय थापाथली काठमाडौँमा बुझाउन सकिने सूचनामा उल्लेख छ । योग्यता पुगेका इच्छुक व्यक्तिहरुले चैत २० गतेसम्म र दोब्बर दस्तुर तिरी २७ गतेसम्म दरखास्त बुझाउन सक्नेछन् ।

१०, नबौँ तहको लागि १२ सय रुपियाँ र प्रत्येक थप समूहका लागि थप दस्तुर ५ सय रुपियाँ, आठौँ, सातौँ र छैठौँ तहको लागि १ हजार रुपियाँ र प्रत्येक थप समूहका लागि थप दस्तुर ४ सय रुपियाँ तथा पाँचौँ तहको लागि ४ सय रुपियाँ र प्रत्येक थप समूहका लागि थप दस्तुर २ सय रुपियाँ बुझाउनु पर्नेछ ।

Advertisement

Advertisement

Advertisement