धनुषामा विषाक्त मदिराले लियो पाँच जनाको ज्यान

Advertisement

जनकपुरधाम । विषाक्त मदिराले धनुषाको झिरेश्वरनाथ–२ स्थित रमदैया भवाडीमा पाँच जनाको ज्यान लिएको छ । होली पर्व मनाउने क्रममा घरेलु मदिरा अत्यधिक सेवन गरेका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार रमैदयाका ३० वर्षीय राजु महरा, रामनारायण महरा, ३५ वर्षीय ब्रहमदेव यादव, ३६ वर्षीय गुदरी महरा र ४२ वर्षीय बिलास मण्डलको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषा र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले मृतकहरुको शव परीक्षणका लागि अस्पतालमा ल्याएको थियो । साथै, प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको पनि जनाएको छ ।

Advertisement

Advertisement

Advertisement