एनआईसी एशिया बैंकको ‘जति धेरै स्क्यान एण्ड पे, त्यतिधेरै पैसा’ योजना

Advertisement

काठमाडौँ । एनआईसी एशिया बैंकले मोबाइल बैंकिङमा रहेको क्यूआर कोड स्क्यान गरी कारोबार गर्ने ग्राहकहरू तथा मर्चेन्टहरूलाई ‘जति धेरै स्क्यान एण्ड पे, त्यति धेरै पैसा’ योजना अन्तर्गत नगद उपहारको अफर ल्याएको छ ।

यो योजना अवधिभर मर्चेन्टहरूले १५,०००/- रूपैयाँसम्म र ग्राहक महानुभावहरूले १,५००/- रूपैयाँसम्म नगद प्राप्त गर्न सक्नेछन् । साथै, लक्की ड्र मार्फत पाँच जना भाग्यमानी मर्चेन्टहरूले एक वर्षको लागि निःशुल्क इन्टरनेट प्याकेज प्राप्त गर्न सक्ने छन् । यो योजना अन्तर्गत ग्राहक महानुभावहरू तथा मर्चेन्टहरूले २०७६ चैत १ देखि एक महिनासम्म मोबाइल बैंकिङ्ग मार्फत कारोबार गर्नुपर्ने बैंकको प्रमुख सर्त रहेको छ ।

बैंकले डिजिटल भुक्तानी सम्बन्धी अन्य थुप्रै योजनाहरू ल्याएको छ । आगामी दिनहरूमा समेत यस्तै प्रकारका योजनाहरूलाई निरन्तरता दिनेछ । यस किसिमका योजनाहरूले आमजनमानसलाई डिजिटल बैंकिङ्गप्रति आकर्षित गर्ने तथा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै नेपाल सरकारको ‘डिजिटल नेपाल २०२०’ को लक्ष्यलाई समेत टेवा पु¥याउने बैंकले विश्वास लिएको छ ।

Advertisement

Advertisement

Advertisement