आइतबारबाट सेयर कारोबार पाँच घण्टा, बजार बढ्ला कि घट्ला ?

Advertisement

काठमाडौं । आइतबारदेखि सेयर कारोबार पाँच घण्टा हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले आइतबारदेखि सेयर कारोबारको अवधी एक घण्टा बढाएर पाँच घण्टा पुर्याउन लागेको हो । धितोपत्र बोर्डको निर्देशन अनुसार अर्काे व्यवस्था नभएसम्मका लागि परिक्षणका रुपमा पाँच घण्टा सेयर कारोबार गर्न लागिएको नेप्सेले जनाएको छ ।

हालसम्म चार घण्टा मात्रै सेयर कारोबार भैरहेको थियो । प्रारम्भिक कारोबार समय बिहान १०ः३० बजेदेखि ११ बजेसम्म तोकिएको छ । ११ बजेदेखि ४ बजेसम्म बोल कबोल र निरन्तर कारोबार समय तोकिएको छ । त्यस्तै अन्तिम कारोबार भने ४ बजेदेखि ४ः०५ बजेसम्म तोकिएको छ ।

पछिल्ला केहि दिन सेयर बजारमा अप्रत्याशित उतार चढाव आईरहेको छ । बजार अपरिपक्क ढंगले बढ्ने र घट्ने क्रम देखिएका बेला कारोबार अवधी वृद्धि गर्दा लगानीकर्ता थप त्रसित हुने त होइन् भन्ने आशंका पनि जन्मिएको छ । बजार यस्तो अस्थिर छ, चार घण्टा नै कसरी काट्ने भन्ने अवस्था छ, पाँच घण्टा बनाउँदा बजार थप घट्ने त होइन भन्ने त्रास पनि देखिन्छ, एक ब्रोकरले भने ।

Advertisement

Advertisement

Advertisement