डिशहोममा सुरु भयो एक फरक धारको रियालिटी शो– सुनौलो तारा

Advertisement

काठमाडौं । नेपालमा पहिलो पटक न्यून आर्थिक अवस्था भएका बालबालिकाहरुको प्रतिभालाई उजागर गर्न भन्दै डिशहोम नेटवर्कले फरक टेलिभिजन कार्यक्रम निर्माण तथा प्रशारण गर्न थालेको छ ।

नेपाल भरिका विभिन्न सरकारी विद्यालय तथा बाल संस्थामा चारसयभन्दा बढी बालबालिकाहरुको अडिसनपछि छानिएका ४० जनाको प्रतिभा प्रस्तुत गर्ने मञ्चको रुपमा सुनौलो ताराकार्यक्रम सुरु गरिएको हो ।

डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा आज शनिवारदेखि प्रशारण शुरु हुने कार्यक्रम हरेक हप्ता शुक्रवार र शनिवार राती ८ः३० बजे प्रशारण हुने छ । रियालिटी टिभी डिशहोमको सम्पूर्ण प्याकेजका ग्राहकहरुको लागी उपलव्ध गराईएको जनाइएको छ ।

सुशीलाअ ार्टस् एकेडेमीको परिकल्पनामा तयार गरिएको यो कार्यक्रमलाई सिल्भर माउण्टेन स्कुल अफ होटल म्यानेजमेन्टले सहप्रायोजन गरेको छ । यस कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने सहभागीहरुलाई क्रमशः नगद रु ५ लाख, ३ लाख र १ लाख डिशहोमले प्रदान गर्नेछ । साथै, आकर्षक पुरस्कार पनि प्रदान गरिने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement