वरिष्ठ साहित्यकार डा. डीपी भण्डारीको निधन

Advertisement

काठमाडौँ । वरिष्ठ साहित्यकार डा. डीपी भण्डारीको शनिबार निधन भएको छ । लामो समय प्राध्यापन सेवामा बिताएका भण्डारीको ८५ वर्षको उमेरमा धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

अस्पतालले निमोनिया, श्वास्प्रश्वाससम्बन्धी समस्या र हाइपरटेन्सनबाट ग्रसित भण्डारीलाई फागुन २१ गते अस्पतालमा भर्ना गरिएको जनाउँदै शनिबार बिहान ११ः४५ मा उनको निधन भएको जानकारी गराएको छ ।

त्रिभुवन विश्वविद्यालयको अंग्रेजी केन्द्रीय विभागमा करिब ३५ वर्ष अध्यापन गरेका उनले खरो र क्षमतावान साहित्यक व्यक्तिको रुपमा परिचित छन् । भण्डारीमा मिडियामा थुपै लेखहरु पनि प्रकाशित छन् भने थुप्रै साहित्यिक कृतिहरु पनि प्रकाशित छन्। भण्डारीको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement