सभासम्मेलन नगर्ने आफ्नै निर्णय बिर्सिएर जलेश्वर पुगेका शिक्षामन्त्री रित्तो हात फर्किए

Advertisement

काठमाडौं । कोरोनाको संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकार आफैले सभा सम्मेलन नगर्ने निर्णय गरिरहेको बेला शिक्षामन्त्री गिरिराजमणि पोखरेल शनिबार बिहान महोत्तरीको जलेश्वरको एक कार्यक्रममा हतार हतार पुगे । तर सरकारकै निर्णयका कारण उक्त कार्यक्रम स्थगित भएपछि मन्त्री पोखरेल रित्तो हात फर्किएका छन् ।

मटिहानी नगरपालिकामा अवस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठको नवनिर्मित दुईतले भवनको उद्घाटन गर्न पुगेका पोखरेल उद्घाटन नगरी काठमाडौं फर्किएका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण सभा तथा सम्मेलन आयोजना नगर्ने सरकारको आफ्नै नीति अरुले सम्झाएपछि मन्त्री पोखरेल झस्किएका थिए ।

सरकारले अरुलाई यस्ता कार्यक्रम आयोजना नगर्न सतर्क गराउनुपर्ने बेला सरकार आफैले कार्यक्रम गर्नु गलत हुने कार्यक्रमका सहभागीले सुझाव दिएपछि मन्त्री पोखरेल भवन उद्घाटन नगरी फर्किएका हुन् । सरकारले केही दिनका लागि कुनै पनि सभा, सम्मेलन, भोजभतेर र धेरै मानिस जम्मा हुने कार्यक्रम नगर्न आग्रह गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement