संसारकै दोश्रो धनी बिल गेट्सले छाडे माइक्रोसफ्ट, यस्तो रहेछ कारण

Advertisement

काठमाडौं । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सले बोर्ड अफ डाइरेक्टर्सबाट राजीनामा दिएका छन् । उनले अब सामाजिक कार्यमा ध्यान दिने भन्दै बोर्ड अफ डाइरेक्टर्सबाट राजीनामा दिएको बताएका छन् ।

गेट्सले कम्पनीकी सिइओ सत्या नडेला र अन्य अधिकारीहरुको सल्लाहकारका रुपमा काम गर्ने पनि बताएका छन् । उनले अब वैश्यिक स्वास्थ्य, शिक्षा र जलवायु परिवर्तन जस्ता मुद्धामा काम गर्न चाहेका छन् ।

हाल विश्वकै दोश्रो धनी व्यक्तिका रुपमा रहेका गेट्सले सन २००० मा पत्निसँग मिलेर विल एण्ड मिलिण्डा फाउण्डेशन स्थापना गरेर सामाजिक कार्य थालेका थिए । उनले सन २००८ मा माइक्रोसफ्टको सिइओ पदबाट राजीनामा दिएका थिए ।

फोब्र्स पक्रिकाले प्रकाशित गरेको सन २०२० को सूचि अनुसार गेट्स विश्वका धनाढ्यहरुको सूचिमा १०३ अर्ब अमेरिकी डलरसहित उनी दोश्रो स्थानमा छन् । अमेजनका सिइओ जेफ बेजोस ११० अर्ब अमेरिकी डलर सम्पति सहित संसारका सबै भन्दा धनी व्यक्तिका रुपमा कायम छन् ।

Advertisement

Advertisement

Advertisement