साइन रेसुङगा डेभलपमेन्ट बैंकका लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर

Advertisement

काठमाडौं । साइन रेसुङगा डेभलपमेन्ट बैंकका लगानीकर्ताले १५ प्रतिशत बोनस सेयर पाउने भएका छन् । चै १ गते बसेको बैंक सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पारित गरेपछि लगानीकर्ताले सो मात्रामा बोनस सेयर प्राप्त गर्नेछन् ।

२ अर्ब ६२ करोड २९ लाख चुक्ता पुँजी भएको बैंकले ३९ करोड ३४ लाख ३५ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो ।

Advertisement

Advertisement

Advertisement