वैकल्पिक सरकारः एफएनसीसीआई निर्वाचनमा राजनीतिक रंग, को कता ?

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले आफुलाई वैकल्पिक सरकारका रुपमा अथ्र्याउने गरेको छ । केन्द्रदेखि तलसम्म रहेको आफ्नो सांगठनिक सञ्जाल र त्यसमा आवद्ध लाखौं उद्योगी व्यवसायीहरुका कारण महासंघले आफुलाई वैकल्पिक सरकारका रुपमा दावी गरेको हो । यहि वैकल्पिक सरकारको नेता छान्न चैत २८ र २९ गते साधारण सभा र निर्वाचन हुँदैछ ।

वैकल्पिक सरकारको मुखियाको ताज यसपालीलाई शेखर गोल्छाले पहिरिने पक्का भैसक्यो । किन की बिधानमै बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था छ ।

आगामी कार्यकालका लागि स्वतः मुखिया बन्नका लागि यसपाली २ जनाले प्यानलैै बनाएर निर्वाचन लड्दैछन् । त्यसमा अहिलेका एसोसिएट उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र जिल्ला नगरका उपाध्यक्ष किशोर प्रधान छन् ।

निर्वाचन लड्ने पदाधिकारीहरुको टुंगो लगाईसकेका उनीहरुले कार्यसमितिका उम्मेदवारहरु छान्ने क्रमलाई तिब्रता दिईरहेका छन् ।

चन्द्र ढकालको प्यानलबाट उमेशलाल श्रेष्ठले वस्तुगततर्फको उपाध्यक्ष पदमा पुनः उम्मेदवारी दिनेछन् । उनी हाल पनि वस्तुगत संघ तर्फका उपाध्यक्ष नै छन् । जिल्ला नगर तर्फको उपाध्यक्षमा भने बुटवल आधार क्षेत्र भएका गुणनिधी तिवारी भिड्दैछन् । एसोसिएट उपाध्यक्ष भने ढकाल समुहबाट रामचन्द्र संघाई उम्मेदवार छन् ।

उता, किशोर प्रधानको समुहमा वस्तुगत तर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ उम्मेदवार छन् भने जिल्ला नगर तर्फ दिनेश श्रेष्ठले उम्मेदवारी दिँदैछन् । एसोसिएट उपाध्यक्षमा भने सौरभ ज्योतिले उम्मेदवारी हाल्दैछन् ।

को कता ?
महासंघ अध्यक्ष भवानी राणाले चन्द्र ढकालको टिमलाई सघाउने निश्चित भएको छ । वस्तुगत तर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठ पुनः उम्मेदवार बनेर ढकालसँगै रहनेछन् । कोषाध्यक्ष निरक केसीले पनि ढकाललाई नै समर्थन गरेका छन् । पुर्व अध्यक्ष तथा महासंघका बिशिष्ट सदस्य चण्ढीराज ढकाल पनि यहि टिममा छन् । पूर्व अध्यक्ष सुरज वैद्य तथा प्रदिपजंग पाण्डेले पनि ढकाललाई नै सघाईरहेका छन् ।

उता, किशोर प्रधानलाई अहिलेका बरिष्ठ उपाध्यक्ष तथा चैत २८ गतेपछिका अध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्ष कुश कुमार जोशी, पुर्व अध्यक्ष पद्म ज्योति लगायतको साथ रहेको छ ।

राजनीतिक दाउपेच
केपी ओली नेतृत्वको वर्तमान सरकारले चन्द्र ढकालको टिमलाई सघाउने सम्भावना बढ्दै गएको छ । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठका छेरा उमेशलाल श्रेष्ठ यहि समुहमा वस्तुगत तर्फबाट उपाध्यक्षको उम्मेदवार बन्दैछन् । उनको प्रधानमन्त्री केपी ओलीसँग सिधा सम्पर्क छ ।

त्यसो त नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले पनि ढकाललाई सघाउँदैछन् । वैद्यलाई प्रधानमन्त्री केपी ओलीको घनिष्ट व्यवसायी मानिन्छ ।

किशोर प्रधानलाई भने प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको सहयोग रहने श्रोत बताउँछ । बिराटनगरका प्रधान स्वयं काँग्रेस निकट मानिन्छन् ।

Advertisement

Advertisement

Advertisement