सुनको मूल्य निरन्तर ओरालो, आजपनि प्रतितोला १ हजार ५ सय रुपियाँ घट्यो

Advertisement

काठमाडौं । गत शुक्रबार एकै दिन प्रतितोला ३ हजार घटेर कारोबार भएको छापावाल सुनको मूल्य आज पनि प्रतितोला १ हजार पाँच सय रुपियाँ घटेको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला ७८ हजार पाँच सय रुपियाँमा कारोबार भएको थियो भने आज १ हजार पाँच सय रुपियाँले घटेर प्रतितोता ७७ हजार रुपियाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ७८ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज प्रतितोला ७६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य पनि निरन्तर घटिरहेको छ । गत शुक्रबार प्रतितोला ८ सय २० रुपियाँमा कारोबार भएको चाँदी आज प्रतितोला ३० रुपैयाँ घटेर ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement