नापी अधिकृत श्रेष्ठसहित ६ जना १७ लाख घुस लिइसकेको अवस्थामा पक्राउ

Advertisement

काठमाडौँ । नापी कार्यालय, भैरहवा रुपन्देहीका नापी अधिकृत सरोज श्रेष्ठसमेत ६ जना १७ लाख रुपियाँ घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो ।

नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षक तिर्थराज भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालय भैरहवा, रुपन्देहीका नासु धर्मराज पन्थी र भुसाल लेखापढी व्यवसायी भैरहवा रुपन्देहीका लेखापढी व्यवसायी जीवन शर्मा र मतियार राजकुमार अर्याल पक्राउ परेका हुन् ।

जग्गाको कित्ताकाट र नामसारी गर्ने काममा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग पटक पटक घूस माग गरिरहेको उजुरीका आधारमा आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले नापी अधिकृत श्रेष्ठसहितका ६ जनाले एक आपसमा बाँडीचुडी खाने मनसायले सत्र लाख लिईसकेको अवस्थामा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ बसपार्क स्थित अशोका होटल अगाडिबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्ति मार्फत जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement