अर्धवार्षिक समीक्षामा बीमा संस्थानका प्रशासक पाठकको प्रतिबद्धता- 'समस्याहरुको समाधान गर्छु’

Advertisement

काठमाडौँ । राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालयकोे आयोजनामा शनिबार काठमाडौँमा शाखा कार्यालयहरुको अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ ।

सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलबाट उद्घाटन भएको उक्त गोष्ठीको सञ्चालन संस्थानका सहव्यवस्थापक शुलक्षणा पण्डितले गरेकी थिइन् ।

गोष्ठीमा नायव महाप्रवन्धक महेश रिमालले संस्थानको उपलव्धी र भावी रणनीतिबारे प्रकाश पारेका थिए भने शाखा कार्यालयका प्रवन्धकहरुले आ–आफ्नो शाखाको बर्तमान स्थिति र भावी कार्यक्रमहरु प्रस्तुत गरे ।

समापन मन्तव्यको क्रममा संस्थानका प्रशासक कविप्रसाद पाठकले शाखा कार्यालयका प्रवन्धकहरुले उठाएका समस्याहरुको सम्भव भएसम्म समाधान गर्दै जाने र प्रवन्धकहरुले पनि संस्थानको व्यवसायिक योजनाले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्न अझ बढी मेहनत गर्नुपर्ने सुझाव दिएका थिए ।

Advertisement

Advertisement

Advertisement