पाँच घण्टा फापेन सेयर बजारलाई, लगानीकर्ता भन्छन्ः चार घण्टामै फर्कौं

Advertisement

काठमाडौं । कारोबार अवधी एक घण्टा बढाएर पाँच घण्टा पुर्याएको पहिलो दिन नै सेयर बजारमा भारी गिरावट आएको छ । आइतबारदेखि सेयर कारोबार अवधी पाँघ घण्टा बनाईएको थियो तर बजार ६४.१४ अंकले ओरालो लाग्यो । कारोबार रकम भने २ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।

आइतबार सेयर बजार सुरुदेखि नै ओरालो लागेको थियो । नेप्सेको डाटा सेन्टरमा समस्या आएर लाइभ कारोबार हेर्न नपाएपछि लगानीकर्तामा सुरुमै अन्यौलता छाएको थियो । करिब आधा घण्टा कारोबार भएपछि लाइभ हेर्ने सुबिधा प्राप्त भएको थियो । तर त्यतिञ्जेल लगानीकर्ताको मनोबल कमजोर भैसकेको थियो ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटोलाल रौनियारले कारोबार अवधी वृद्धि गर्ने निर्णय राम्रो भएपनि समय उपयुक्त नभएको बताए । सेयर लगानी कर्ता संघ, नेपालका उपाध्यक्ष तारा प्रसाद फुल्लेल पनि बजार अस्थिर भैरहेको समयमा कारोबार अवधी वृद्धि गरिँदा लगानीकर्ताको कन्फिडेन्ट बढ्न नसकेको बताए ।

यसैबिच परिक्षणका रुपमा सुरु गरिएको पाँच घण्टे कारोबार अवधीलाई पुनः चार घण्टामा झार्ने सम्भावना समेत बढ्दै गएको छ । इन्भेष्टर्स फोरमका अध्यक्ष रौनियारले यतिबेला कारोबार अवधी वृद्धि गरिनु उपयुक्त नभएको स्पष्ट पारे ।

‘कारोबार अवधी बढाइनु राम्रो थियो, त्यसका लागि धितोपत्र बोर्ड र नेप्सेलाई धन्यवाद तर बजार अस्थिर भएका बेला अवधी बढाइनु उपयुक्त थिएन भन्ने आजको बजारले देखाएको छ, अब केहि दिन चार घण्टामै झार्नु उपयुक्त हुन्छ’, फोरमका अध्यक्ष रौनियारले कर्पाेरेट नेपालसँग भने ।

सेयर लगानीकर्ता संघका उपाध्यक्ष फुल्लेलले पनि पाँच घण्टालाई बजारले अनुमोदन नगरेकाले केहि समय पुनः चार घण्टामा झारेर उपयुक्त समयमा पाँच घण्टा बनाइनुपर्ने बताए । ‘पाँच घण्टाको कारोबार सफल भयो तर बजारले त्यसलाई उपयुक्त ठानेन्, अब केहि समय चार घण्टा नै कायम गर्ने र उपयुक्त समय आएपछि पाँच घण्टा बनाउँदा हुन्छ’, फुल्लेलले भने ।

Advertisement

Advertisement

Advertisement