काठमाडौँ महानगरका सव-इञ्जिनियर बिरुद्ध २० हजार रुपियाँको भ्रष्टाचार मुद्दा

Advertisement

काठमाडौँ । काठमाडौं महानगरपालिका विपद व्यवस्थापन विभाग बबरमहलमा कार्यरत सव–इञ्जिनियर गणेश ठकुल्ला बिरुद्ध २० हजार रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनी बिरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

ठकुल्लाले सेवाग्राहीसँग घर निर्माण सम्पन्न गरी दोस्रो र तेस्रो किस्ताको रकम निकासा गर्ने प्रयोजनका लागि घुस माग गरेको उजुरीका आधारमा आयोगको कार्यालय टङ्गालबाट खटिएको टोलीले बीस हजार लिइसकेको अबस्थामा यसअघि नै नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा ठकुल्लाले सेवाग्राहीसँग घर निर्माण सम्पन्न गरी दोस्रो र तेस्रो किस्ताको रकम निकासाको काम अगाडि बढाई दिन्छु बीस हजार घुस लिएको देखिएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजायको मागदाबी सहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement