भारतमा डेकिट/क्रेडिट कार्डको अनलाइन भुक्तानी सेवा बन्द, किन ?

Advertisement

काठमाडौं । भारतमा आजबाट डेबिट र क्रेडिट कार्डको अनलाइन भुक्तानी प्रणाली बन्द भएको छ । भारतमा आजसम्म उपभोक्ताले डेबिट र क्रेडिट कार्ड लिने वित्तिकै अनलाइन भुक्तानी सेवा लिन सक्थे । तर भारतीय रिजर्भ बैंक(आरबिआई)ले डेबिट र क्रेडिट कोर्डको अनलाइन भुक्तानी सेवा निष्क्रिय गरिदिएको छ ।

ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्न चाहेमा त्यस्तो सुबिधा लागि सेवा सुचारु गर्नुपर्नेछ । र आफुले चाहेका बेला पुनः बन्द गर्न पनि सक्नेछन् । अर्थात हालसम्म डेबिट, क्रेडिट कार्ड लिने वित्तिकै स्वतः अनलाइन भुक्तानी प्रणाली चालु हुन्थ्यो । अब भने ग्राहकले त्यस्तो सेवा आफैं सुचारु गर्नुपर्नेछ र बन्द गर्न चाहेमा त्यो सुबिधा पनि प्राप्त हुनेछ ।

आजबाट जारी हुने नयाँ डेबिट तथा क्रेडिट कार्डमा एटिएमबाट पैसा झिक्ने सुबिधा र पोइन्ट अफ सेल(पिओएस) सुबिधा मात्रै स्वतः प्राप्त हुनेछ ।

हाल अनलाइन कारोबार गरिरहेका ग्राहकरुको सुबिधा भने चालु नै रहनेछ । अनलाइन कारोबार लेनदेनको सुबिधा लागि ग्राहकले ३ वटा विकल्प पाउनेछन् । पहिलो घरेलु वा अन्तराष्ट्रिय कारोबार, दोश्रो अन्तराष्ट्रिय कारोबार र तेश्रो सम्पर्क रहित कारोबारको सुबिधा हो ।
ग्राहकले यी सेवाहरु सूचारु गर्न वा बन्द गर्न सक्नेछन् ।

किन आयो नयाँ नियम ?
आरबीआईले सन २०२० को जनवरी १५ तारिखकै दिन सूचना जारी गरेर मार्च १६ देखि यस्तो नियम लागु गर्ने जानकारी दिएको थियो । सोही मुताबिक भारतका सबै बैंकहरुले आजबाट यो नियम कार्यान्वयन गराएका हुन् । डेबिट, क्रेडिट कार्ड लिने तर सेवा उपयोग नगर्ने भारतीयहरुलाई अनलाइन भुक्तानी प्रणाली कारण ठगीबाट जोगाउन नयाँ नियम लागु गरिएको आरबीआईले बताएको छ । कार्ड नम्बरका आधारमा हुने यस्तो भुक्तानीले सोझा साझा भारतीयलाई ठगिनबाट जोगाउने दावी गरिएको छ ।

आरबीआईको तथ्यांक अनुसार ३१ मर्च २०१९ सम्ममा ९२ करोड ५० लाख डेबिट कार्ड र चार करोड ७० लाख क्रेडिट कार्ड जारी गरिएका छन् । डेबिट कार्डको आँकडामा चीनपछि भारतको हिस्सा रहेको छ । सन २०१८।१९ मा २५ प्रतिशत भुक्तानी डेबिट क्रेडिट कार्डको माध्यमबाट भएको थियो ।

Advertisement

Advertisement

Advertisement