साढे चार महिनापछि आयो डेढ अर्बको आइपीओ, कति भर्ने ?

Advertisement

काठमाडौं । धितोपत्र बजारमा साढे चार महिनापछि डेढ अर्ब रुपैयाँको आइपीओ निष्काशन हुँदैछ । असोज १६ देखि कात्तिक १५ गतेसम्म शुभश्री हाइड्रोको आइपीओ निष्काशन भएपछि नेपाल पुनर्बीमा कम्पनीको आइपीओ नै पहिलो हो ।

नेपालमा पुनर्बीमा व्यवसाय गर्ने एक मात्र कम्पनीका रुपमा रहेको नेपाल पुनर्बीमा कम्पनीले मंगलबार अर्थात २०७६ चैत ४ गतेदेखि एक अर्ब ६० करोड रुपैयाँ बराबरको एक करोड ६० लाख कित्ता आइपीओ निष्काशन गर्दैछ ।

कुल निष्काशनमध्ये ७३ हजार ५ सय कित्ता कर्मचारीका लागि छुट्याईएको छ भने ८ लाख कित्ता सामुहिक लगानी कोषका लागि छुट्याईएको छ । बाँकी एक करोड ५१ लाख २६ हजार ५ सय कित्ता भने सर्वसाधारणले भर्न पाउनेछन् । हाल ८ अर्ब ४० करोड चुक्ता पुँजी रहेको कम्पनीले आइपीओ जारी गरे पश्चात चुक्ता पुँजी १० अर्ब पुग्नेछ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट फागुन ४ गते विवरणपत्र स्वीकृत गरेर चैत ४ गतेबाट आइपीओ निष्काशन गर्न लागेको हो । छिटोमा चैत ७ गते र ढिलामो तैत १८ गते निष्काशन बन्द गर्नेछ ।

कम्पनीले क्रेडिट रेटिङमा ‘‘इक्रा एनपि आइपीओ ग्रेड २’’ प्राप्त गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को विवरण अनुसार १४९.५६ रुपैयमाँ प्रति सेयर आम्दानी गरेको देखिन्छ । कम्पनीले सो आवमा एक अर्ब ६१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

नेपालमा बीमा व्यवसाय गर्ने कम्पनीहरुले आफ्नो कुल व्यवसायको २० प्रतिशत हिस्सा नेपाल पुनर्बीमा कम्पनीसँगै गर्नुपर्ने व्यवस्था गरिएको छ । पुनर्बीमा कम्पनीको आइपीओ निष्काशनको जिम्मा आरबीबी मर्चेन्ट बैंकिङलाई दिईएको छ ।

कम्पनीले २०७१ कात्तिक २१ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भै मिति २०७१/०९/०४ गते बीमा समितिबाट लाइसेन्स लिएर २०७१/०९/०७ गतेबाट कारोबार सञ्चालन गरेको थियो ।

कम्पनीमा नेपाल सरकारको ४४.०३९ प्रतिशत लगानी छ भने बीमा कम्पनी तथा निजी कम्पनीहहरुको लगानी ३९.९६१ प्रतिशत छ । अब आइपीओ निष्काशनपछि सर्वसाधारणको १६ प्रतिशत लगानी थपिनेछ ।

कति भर्ने ?
नेपालमा आइपीओ भर्नेहरुको संख्या करिब पाँच लाख मानिन्छ । अहिले एक करोड ५१ लाख कित्ता आइपीओ निष्काशन हुँदैछ । त्यसकार आधार हेर्दा ३० देखि ५० कित्ता आवेदन गर्न उपयुक्त हुने बताइन्छ । यद्यपी, कति कित्ता आइपीओ भर्ने भन्ने निर्णय भने स्वंय लगानीकर्ताले गर्ने विषय हो ।

को को छन् नेतृत्वमा ?
हालक कम्पनीको अध्यक्षमा महेश गुराइगाईँ छन् । सञ्चालकहरुमा सरकारका तर्फबाट धनीराम शर्मा, रमेश राना छन् । निजी क्षेत्रका तर्फबाट दिप प्रकाश पाण्डे र स्वतन्त्र विज्ञ सञ्चालकका रुपमा पुरुषोत्तम सुवेदी छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कार्यभार भने शंकर रायमाझीले सम्हालिरहेका छन् ।

Advertisement

Advertisement

Advertisement