कमेडी च्याम्पियन विजेता हिमेश पन्तलाई ‘ड्याट्सन रेडी गो’ गाडी हस्तान्तरण

,   ३ चैत्र २०७६, सोमबार, ०३:३८ pm   

काठमाडौँ । नेपालमा ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्तलाई ‘ड्याट्सन रेडी गो १.०एल’ हस्तान्तरण गरेको छ ।

पायोनियर मोटो कर्पका सहायक महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले गत शनिबार ललितपुर च्यासल स्थित स्टुडियोमा सम्पन्न कमेडी च्याम्पियनको ग्रान्ड फिनालेमा ‘ड्याट्सन रेडी गो १.०एल को साँचो हस्तान्तरण गरेका हुन् ।

aecc