नेबिको बिस्कुटले दियो अपाङ्ग बालबालिकालाई उपहार

Advertisement

काठमाडौं । नेबिको बिस्कुट प्रालीले ललितपुरको बुङमतीस्थित अपाङ्ग सेवा संघका आश्रित बालबालिकाका लागि आफूले उत्पादन गर्दै आएका बिष्कुटहरुको प्याकेज सहयोगस्वरुप प्रदान गरेको छ ।

कम्पनीका ब्राण्ड म्यानेजर अरुण पौडेलले सोमबार संस्थामा पुगेर संस्थाका अध्यक्ष दयाराम महर्जनको उपस्थितिमा अपाङ्ग बालबालिकालाई उक्त सहयोग हस्तान्तरण गरेका छन् । नेबिकोले यसअघि पनि अपाङ्ग सेवा संघलगायत अन्य सामाजिक संस्थाहरुलाई बिस्कुट सहयोग गर्दै आएको छ ।

ब्राण्ड म्यानेजर पौडेलले आफूहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्तो सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा पनि यसलाई जारी राखिने बताए । संस्थाले अपाङ्ग बालबालिकालाई पढाउने तथा अन्य रचनात्मक क्रियाकलाप लगाउँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement