विदेशी विनिमय मुद्दामा पाँच वर्षदेखि फरार शेर्पा कारागार चलान

Advertisement

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विदेशी विनिमय मुद्दामा फरार एक व्यक्तिलाई पक्राउ गरी कारागार चलान गरेको छ ।

ब्यूरोको टोलीले विदेशी विनिमय मुद्दामा फरार सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–३ का ३७ वर्षीया साङ्डोमा शेर्पालाई आइतबार स्वयम्भूबाट पक्राउ गरी आज कारागार चलान गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले विसं २०७१ साउनमा सिन्धुपाल्चोक जिल्ला अदालतको फैसलाले रु ६८ लाख ६२ हजार ४१३ जरिवाना सुनाएपछि शेर्पा फरार रहेको जानकारी दिए ।

पक्राउ शेर्पालाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पेश गरेकामा उक्त अदालतको आदेशानुसार कारागार सजायका लागि केन्द्रीय कारागार जगन्नाथदेवल पठाएको ब्यूरोले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement