मास्कको कालोबजारी, झण्डै साढे १० लाख मास्क बरामद, बजारमा पाइन्न मास्क र सेनिटाइजर

Advertisement

काठमाडौ । कोरोना भाइरस संक्रमणको त्रास रहेको मौका छोपेर कालाबजारीहरु मास्कको कृतिम अभाव सिर्जना गर्ने र महंगोमा बेच्न सल्बलाएको पुष्टि भएको छ । प्रहरीले सतुङगल र कपनबाट १० लाख ४० हजार थान मास्क बरामद गरेसँगै यसको पुष्टि भएको हो ।

बजारमा अत्यावश्यक सामग्रीहरुको कालोबजारी बढेका बेला प्रहरीले गरेको अप्रेसनमा सात जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परीसरका डीएसपी होबिन्द्र बोगटीका अनुसार आरडीजी इन्टरनेसनल प्रालिको गोदामबाट उक्त परिमाणको मास्क फेला परेको हो।

मास्कसहित पक्राउ परेकालाई कालोबजारी ऐनअन्तर्गत कारबाहीको प्रक्रिया अघि बढाइएको छ । कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै बजारमा मास्क र सेनिटाइजरको अभाव भएको छ । पछिल्ला दिनमा क्लिनिकदेखि किराना पसल र सपिङ मलहरुहरुमा यस्ता सामग्रीहरु नपाएसँगै उपभोक्तामा आक्रोस बढेर गएको छ ।

मौकाको फाइदा उठाएर उपभोक्ता लुट्ने व्यवसायीसँग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लाखौं रुपियाँ जरिवाना गरे पनि कालाबजारी नियन्त्रण हुन सकेको छैन् । व्यवसायीले पाँच रुपियाँ पर्ने मास्कलाई ६० रुपियाँसम्ममा बेच्दै आएका छन्।

Advertisement

Advertisement

Advertisement