धरहराको १० औं तला ढलान गर्ने तयारी, प्रधानमन्त्रीका मुख्य सल्लाहकारसहितको टोलीले गर्यो अवलोकन

Advertisement

काठमाडौँ । पुनर्निर्माण जारी रहेको धरहराको १० औं तला ढलानको तयारी भइरहेको छ । धरहरा निर्माण गरिरहेको जिआइइटिसी-रमन जेभीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले यसै साता धरहराको १० औं तलाको ढलान हुने जानकारी दिए ।

यसैबीच प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली लगायतले आज धरहरा र रानीपोखरी पुनर्निर्माणको अवलोकन गरेका छन् ।

रानीपोखरी क्षेत्रको बालगोपालेश्वर मन्दिर तथा पुलको काम गरिरहेको निर्माण कम्पनी सीए/तुलसी कन्ट्रक्सन जेभीका शान्तकुमार श्रेष्ठले तोकिएको समयभित्र आफ्नो जिम्मेवारीको काम सम्पन्न हुने बताए ।

उपभोक्ता समितिमार्फत् रानीपोखरीको पिँध र वरिवरीको क्षेत्रमा पर्खाल लगाउने कार्य अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्रीका सल्लाहकारहरु र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पूर्व निर्धारित समयमा धरहरा र रानीपोखरी पुनर्निर्माण सम्पन्न गर्न निर्देशन दिए ।

Advertisement

Advertisement

Advertisement