कामना सेवा विकास बैंकको १२३औं शाखा ललितपुरको ग्वार्कोमा

Advertisement

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं १७ स्थित ग्वार्कोमा १२३औ शाखा कार्यालय स्थापना गरी बैंकिङ सेवा सुरु गरेको छ ।

ललितपुर महानगरपालिका वडा नं १७ का अध्यक्ष विनोद महर्जन तथा बैंकका संचालक विश्वेश्वर सुवेदीले संयुतm रुपमा शाखाको उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए ।

बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

Advertisement

Advertisement

Advertisement