नुन, तेल, चामल, ग्यास लगायतका अत्यावश्यक समान सरकारले आफैं बेच्ने

Advertisement

काठमाडौं । सरकारले अत्यावश्यक खाद्यन्न लगायतका समान आफैं बेच्ने भएको छ । कोरोना भाइरसलाई देखाउँदै बजारमा कालोबजारी बढेपछि सरकारले अत्यावश्यक सामग्री आफैं बेच्ने तयारी गरेको हो ।

सरकारले काठमाडौं उपत्यकाका प्रमुख स्थान र ठुला शहरहरुमा नुन, तेल, चामल, ग्यास, स्यानीटाइजर, मास्क लगायतका समान सुपथ मूल्यमै उपलब्ध गराउन लागेको हो । ‘कालो बजारी नियन्त्रणको प्रयास जारी छ, अब सरकार आफैंले सुपथ मूल्य पसल मार्फत आत्यावश्यक समान आफैं बेच्छ’, उद्योग, बााणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भने ।

संघीय संसदको उद्योग , बाणिज्य, श्रम तथा उपभोक्ता हित सम्बन्ध समितिमा सुपथ मूल्य पसल चलाउन लागिएको बताएका हुन् ।

उनले साल्ट ट्रेडिङ, खाद्य संस्थान मार्फत दशैं तिहार लगायतका चाडबाडको जस्तै सुपथ मूल्य पसल चलाउने बताए । ‘सुपथ मूल्य पसलको तयारी अन्तिम चरणमा पुगिसकेको छ, केहि दिनमै नागरिकले नुन, तेल, चामल र ग्यास लगायतका समान सहजै र सहुलियत मूल्यमा पाउनेछन्’, मन्त्री भट्टले भने ।

Advertisement

Advertisement

Advertisement