शेयर बजारमा आज फेरि भारी गिरावट, १ अर्ब ४६ करोडको कारोबार

Advertisement

काठमाडौँ । शेयर बजारमा आज पुनः भारी गिरावट आएको छ । साताको पहिलो दिन ६४.१४ अंकले घटेको शेयर बजार हिजो सोमबार झिनो अंकले सुधार भएको थियो ।

हिजो ३.३५ अंकले बढेको शेयर बजार आज पुनः ४४.३३ अंकले घटेको हो । आज ३.३७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १२७२.०२ बिन्दुमा झरेको हो ।

आज नेप्सेमा १७५ कम्पनीका ४३ लाख ६७ हजार ७ सय ७५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४६ करोड ५१ लाख ८४ हजार ६ सय ५६ रुपियाँ बराबरको कारोबार भएको छ ।

Advertisement

Advertisement

Advertisement