चिन्तामणी शिवाकोटीले पाए कामु गभर्नरको जिम्मेवारी

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले कामु गभर्नरको जिम्मेवारी पाएका छन् । गभर्नर डा. चिरञ्जीवी नेपाल आफ्नो कार्यकाल पुरा गरि विदा भएपछि डेपुटी गभर्नर शिवाकोटीले कामु गभर्नरको जिम्मेवारी पाएका हुन् ।

उनलाई मंगलबार नै अर्थमन्त्री डा. युवराज खतिवडाले कामु गभर्नरको जिम्मेवारी दिईएको पत्र थमाएका हुन् । शिवाकोटीले हालसम्म २७ औँ पटक कामु गभर्नरको जिम्मेपवारी सम्हालिसकेका छन् ।

बिहिबार बस्ने मन्त्रिपरिषद बैठकले गभर्नर सिफारिसका लागि छनौट समिति गठन गर्ने बताईएको छ । समितिले एक जना डेपुटी गभर्नरसहित ३ जनाको नाम गभर्नर नियुक्तका लागि मन्त्रिपरिषदमा सिफारिस गर्नेछ ।

सोही तीन जनामध्येबाट एक जनालाई मन्त्रिपरिषदले गभर्नर नियुक्त गर्नेछ । गभर्नरका लागि पछिल्लो समय शिवाकोटी, महाप्रसाद अधिकारी, डा. राजन खनाल, सुबोध कुमार कर्ण, डा. मिन बहादुर श्रेष्ठका बीचमा कडा प्रतिष्पर्धा चलिरहेको छ ।

Advertisement

Advertisement

Advertisement