सुनको मूल्य प्रतितोला १ हजार बढ्यो, यस्तो छ आजको बजार भाउ

,   ५ चैत्र २०७६, बुधबार, ११:०० am   

काठमाडौँ । केही दिन देखि ओरालो लागेको सुनको मूल्य आज फेरी प्रतितोला १ हजार रुपियाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७६ हजार ५ सय, तेजावी सुन ७६ हजार २ सय र चाँदी ७ सय १० रुपियाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा आज स्थिर रहेको छ ।

हिजो छापावाल सुन प्रतितोला ७५ हजार ५ सय, तेजावी सुन ७५ हजार २ सय र चाँदी ७ सय १० रुपियाँमा कारोबार भएको थियो ।

aecc