कोपा अमेरिका सन् २०२१ मा गर्नेगरी स्थगित

Advertisement

असुनसियोन, पराग्वे । यो वर्षको ग्रीष्म ऋतुमा अर्जेन्टिनामा हुनेगरी तय भएको दक्षिण अमेरिकाको प्रमुख प्रसिद्ध फुटबल प्रतिस्पर्धा, कोपा अमेरिका, एक वर्ष पछि सन् २०२१ मा हुनेगरी स्थगित गरिएको छ ।

कोरोनाभाइरसको प्रकोप विश्वव्यापी बनिरहेका समय कोपा अमेरिकालाई पनि यसको प्रभाव पर्ने देखिएपछि एक वर्ष पछि सारिएको आयोजक दक्षिण अमेरिकी फुटबल सङ्घले मङ्गलबार बताएको हो ।

कोपा कप फुटबलबारे यो निर्णय यूरोपेली फुटबल महासंघ (यूईएफए) ले यूरो कप फुटबल २०२० लाई एक वर्ष पछि गर्ने गरी आएको सूचना लगत्तै आएको हो । कोपा कप यसै वर्षको जुन ११ देखि जुलाई ११ सम्म हुने कार्यक्रम तय भएको थियो ।

खेल यस वर्ष पहिलो पटक दुई मुलुक अर्जेन्टिना र कोलम्वियामा गरिने भएको थियो भने दक्षिण अमेरिकी मुलुकबाहेक कतार र अष्ट्रेलिया पनि आमन्त्रित समूहका रूपमा समावेश गरी १२ मुलुकका फुटबल समूहले प्रतिस्पर्धामा सहभागिता जनाउने तयारी रहेको थियो । रासस/एएफपी

Advertisement

Advertisement

Advertisement