डेडिकेटेड लाइनको १५ करोड बक्यौता नतिरेपछि प्राधिकरणले काट्यो रघुपति जुट मिलको लाइन

Advertisement

काठमाडौं । डेडिकेटेड लाइनको १५ करोड भन्दा बढी बक्यौता नतिरेपछि नेपाल विद्युत् प्राधिकरणले रघुपति जुट मिलको बिजुलीको लाइन काटेको छ ।

प्राधिकरणले आज मिलको लाइन काटेको विराटनगर वितरण केन्द्र प्रमुख राजीव सिंहले बताए । प्राधिकरणका अनुसार मिलले डिटेकेटेड लाइनको १५ करोड ५५ लाख ६८ हजार रुपियाँ बक्यौता तिर्न बाँकीइ छ ।

गत कात्तिक महिनासम्मको ११ करोड ९१ लाख रुपैयाँ ४४ किस्तामा तिर्ने सहमति गरे पनि उक्त सहमतिको मिलले वेवास्ता गरेको प्राधिकरणको भनाई छ । प्रति किस्ता २७ लाख ६ हजार रुपैयाँ तिर्ने सहमति गरेको थियो । तर पैसा नतिरेपछि लाइन काटिएको हो–प्राधिकरण विराटनगर वितरण केन्द्र प्रमुख सिंहले भने ।

५६ वटा उद्योगले डेडिकेटेड लाइन प्रयोग गरे बापत ९ अर्बभन्दा बढी रकम तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । प्रतिनिधि सभा अन्तरगतको सार्वजनिक लेखा समितिले बक्यौता रकम नतिर्ने उद्योगको लाइन काट्न प्राधिकरणलाई निर्देशन दिइसकेको छ । सोही निर्देशन अनुसार अन्य उद्योगको पनि लाइने काट्ने प्राधिकरणको तयारी रहेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement