साढे तीन अर्बको आइपीओ यसै वर्ष, कुन कुन कम्पनी(सूचिसहित)

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षभित्रै साढे तीन अर्ब भन्दा बढी मूल्यको आइपीओ निष्काशन हुने भएको छ ।  नेपाल धितोपत्र बोर्डले बिभिन्न ७ वटा कम्पनीलाई तीन अर्ब ५७ करोड ७४ लाख ५४ हजार मूल्य बराबरको ३ करोड ५७ लाख ५४ हजार कित्ता आईपीओ निष्काशनको अनुमति दिन लागेको हो ।

आइपीओ निष्काशनको अनुमति पाएको २ महिना भित्र निष्काशन गरिसक्नुपर्ने व्यवस्था छ । ‘७ वटा कम्पनीको साढे तीन अर्ब बराबरको साधारण सेयरलाई स्वीकृतिको अन्तिम चरणमा छन्, ती कम्पनीको आइपीओ यसै आर्थिक वर्षमा निष्काशन हुन सक्छ’, धितोपत्र बोर्डका एक अधिकारीले कर्पाेरेट नेपालसँग भने ।

आइपीओ निष्काशनका लागि स्वीकृति पाउने क्रमम रहेका कम्पनीहरुमा पाँच वटा जलविद्युत कम्पनी छन् भने एउटा इन्स्योरेन्स कम्पनी र एउटा लघु वित्त संस्था छन् । तिमध्ये एनआइसी एसिया लघुवित्त वित्तिय संस्थाले चैत ४ गते नै आइपीओ निष्काशनका लागि अनुमति पाईसकेको छ । कम्पनीले ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आइपीओ निष्काशनको अनुमति पाएको हो । लघु वित्त कम्पनी तर्फयसलाई सर्वाधिक ठूलो राशीको आइपीओ मनिएको छ ।

त्यस बाहेक माउन्टेन इनर्जी, ग्रीन लाइफ पावर, सिंगटी हाइड्रो, तेह्रथुम पावर कम्पनी र मध्यभोटेकोशी जलविद्यतु कम्पनी रहेका छन् । त्यस्तै, बीमा कम्पनी तर्फ अजोड इन्स्योरेन्सले पनि ३० करोड मूल्य बराबरको आइपीओ यसै आर्थिक वर्षभित्र निष्काशन गर्दैछ ।

Advertisement

Advertisement

Advertisement