सरकारले भन्योः अत्यावश्यक काम नपरे घरबाट ननिस्कनु

Advertisement

काठमाडौं । सरकारले अत्यावश्वक काम परेको अवस्थामा बाहेक घरबाट ननिस्कन आग्रह गरेको छ । रक्षा मन्त्री इश्वर पोखरेको संयोजकत्वमा बुधबार बसेको उच्चस्तरिय समन्वय समितिको बैठकले अत्यावश्यक काम परेको अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन आम नेपाली नागरिकहरुलाई आग्रह गरेको हो ।

सरकारले कोरोना प्रभावित ५५ देशबाट नेपाल आउन पनि रोक लगाएको छ । त्यसमा युरोपका सबै देश समेटिएका छन् । त्यस्तै, फिल्म हल, जिम र डान्सबार बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ ।



Advertisement

Advertisement

Advertisement