कोरोनाबारे भ्रम फैलाउनेलाई पाँच वर्ष जेल

Advertisement

काठमाडौं । कोरोना भाइरसबारे गलत भ्रम फैलाउनेलाई पाँच वर्ष जेल सजाय हुने भएको छ । सरकारले त्यसरी गलत भ्रम फैलाउनेलाई खोजी खोजी कारवाही गर्ने निर्णय समेत गरिसकेको छ । रक्षा मन्त्री इश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरिय समन्वय समितिको बैठकले कोरोना भाइरसबारे गलत भ्रम फैलाउनेलाई कारवाही गर्ने निर्णय गरिसकेको छ ।

समितिको निर्णयमा लेखिएको छः ‘सर्वसाधारण नागरिकलाई भ्रम सिर्जना हुने गरि कुनै पनि सञ्चार माध्यम(सामाजिक सञ्जाल समेत)बाट गलत अभिव्यक्ति दिएमा विद्यमान कानुन बमोजिम कडा कारवाही गरिनेछ ।’

त्यस्तो भ्रम फैलाउनेलाई खोजेर कारवाही गर्न नेपाल प्रहरीलाई निर्देशन समेत दिईसकेको छ ।
सरकारले विद्युतिय कारोबार ऐन, २०६३ लाई टेकेर कारवाही प्रक्रिया अघि बढाउने । सो ऐनको दफा ४७ मा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुने व्वस्था छ । ऐनको दफा ४७ मा लेखिएको छ ।

ऐनको दफा ४७ मा लेखिएको छ ।
विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्नेः (१) कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

Advertisement

Advertisement

Advertisement